सुमना श्रेष्ठले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १२:४२

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेपछि सक्रिय राजनीतिमा नदेखिएकी श्रेष्ठले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्नेछु । आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

श्रेष्ठ अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएकी थिइन् । उनी पछि शिक्षामन्त्रीसमेत बनेकी थिइन् । पार्टीको सहमहामन्त्री रहेकी उनले पछि रास्वपा परित्याग गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.