प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर २, बुधबार १८:४३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार ‘कुमार बेन’विरुद्ध डिजिटल प्रमाण नष्ट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार प्रहरी कार्यालय भद्रकालीमा जाहेरी दिएका हुन् । उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झुटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका ईनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि ब्यञ्जनकारले ज्वागलस्थित आफ्नो निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ । असोज १६ गते राति सवा ९ बजे ती मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको प्रहरीकै लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी जाहेरीकर्ताको छ ।

मोबाइल फोन प्रहरीलाई फिर्ता गरेपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणमा ह्वाट्सएप र फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको तथा सापकोटा र ब्यञ्जनकारबीचका केही महत्त्वपूर्ण सन्देश मेटाइएको जाहेरीमा उल्लेख छ ।

प्रहरीको आधिकारिक अनुसन्धान प्रक्रियाबाहिर रहेर डिजिटल प्रमाणमा पहुँच पुर्‍याउँदा अनुसन्धान प्रभावित हुनुका साथै प्रमाण नष्ट भएको र गोपनीयताको हक उल्लङ्घन भएको दाबी जाहेरीमा गरिएको छ । ब्यञ्जनकारले प्रहरी नियन्त्रणमा रहेको डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्‍याएको र पदीय शक्तिको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरिएको छ ।

जेनजी मुभमेन्ट नेपालले जाहेरीसाथ आवश्यक प्रमाण र सञ्चारमाध्यममा प्रकाशित समाचारसमेत पेस गरेको जनाएको छ । संस्थाले मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा प्रचलित कानुनअनुसार अनुसन्धान गरी दोषी देखिए कानुनी कारबाही गर्न माग गरेको छ ।

तपाइको प्रतिक्रिया
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी
प्रहरीले ओलीको दाबी खण्डन गर्दै भन्यो, ‘कसैलाई थुन्ने अभिव्यक्ति दिएको छैन’
कांग्रेस विभाजित भइसकेको लेखकको स्वीकारोक्ति
झापादेखि कञ्चनपुरसम्मका किसानबाट डेढ लाख क्विन्टल धान किन्ने तयारी
‘गृहमन्त्रीकी आमा’ भन्दै भिडियो पोस्ट गर्ने तीन जना पक्राउ
विराटनगरमा स्व. गोल्छाको स्मृतिमा उद्योगी–व्यवसायीले गरे सम्मान तथा सहयोग
ईनम सापकोटा प्रकरणमा अप्रमाणित सूचना सार्वजनिक नगर्न प्रहरीको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.