संविधान र लोकतन्त्रको रक्षा एमालेको पहिलो कार्यभार होः ओली

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार १२:२५

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नु पार्टीको पहिलो कार्यभार भएको बताएका छन् ।

काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलामा पार्टीसामु रहेका तत्कालका दुई कार्यभार र गर्नुपर्ने १५ कामबारे चर्चा गर्दै ओलीले आफूहरू निर्वाचनमा पराजित मात्र नभई धक्का खाएर पदच्युत भएको दाबी गरे ।

नियमित र स्वाभाविक रूपमा निर्वाचन हुँदा हारजित दुवैलाई स्वीकार गर्नुपर्ने उल्लेख गर्दै उनले गत फागुनमा भएको निर्वाचन स्वच्छ नभएको आरोप लगाए । आगजनी, तोडफोड र हिंसात्मक ‘कु’ मार्फत सत्ता परिवर्तन गरी आतंकपूर्ण वातावरणमा निर्वाचन गराएर परिणाम घोषणा गरिएको उनको दाबी थियो ।

‘प्रश्न प्राविधिक प्रक्रियाको होइन, प्रश्न राजनीतिक विषयको हो,’ ओलीले भने, ‘यहाँ मात्र होइन, विकसित देशमा पनि यस्ता कुरा भएका छन् ।’

उनले उक्त घटनालाई स्वीकार गर्न नसकिने बताउँदै त्यसबाट संविधानमाथि परेको क्षति सच्याउनुपर्ने धारणा राखे। ‘यो स्वीकार्य घटना हुन सक्दैन। त्यसले पुर्‍याएको क्षति, संविधान मिचेर पुर्‍याएको क्षतिहरूलाई हामीले पुनर्स्थापित गर्नुपर्छ र पहिलेकै ठाउँमा पुग्ने र फेरि जाग्ने,’ उनले भने।

ओलीले मुलुकको पुनर्जागरणको नेतृत्व एमालेले गर्नुपर्ने बताए । नीति र विचारका आधारमा शासन हुनुपर्नेमा अहिले त्यसो हुन छाडेको भन्दै उनले असन्तुष्टि जनाए ।

यसैगरी, ओलीले राजनीतिमा धर्मभिरुता आवश्यक नरहेको बताए । विगतमा धर्मभिरुतालाई राजनीतिमा प्रवेश गराएर राजनीति गर्ने गरिएको उल्लेख गर्दै उनले अब त्यसको आवश्यकता नरहेको धारणा राखे ।

‘अब धर्मभिरुताको आवश्यकता छैन। धर्मभिरुता जनतामा घुसाउन आवश्यकता छैन, यति पर्याप्त मात्रामा घुसिसकेको छ,’ उनले भने, ‘त्यसैले चर्चले राजनीतिमा हस्तक्षेप गर्नुहुँदैन भनेर युरोपमा चल्यो र त्यही कुरा संसारभरि फैलियो ।’

तपाइको प्रतिक्रिया
उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्ने
चितवनको चुनौती पन्छाउँदै सुदूरपश्चिम फाइनलमा
रोहिंग्या नरसंहारमा अन्तर्राष्ट्रिय न्यायालयद्वारा म्यानमार दोषी ठहर
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा
केराबारीमा ३७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास
केराबारीमा महिलाद्वारा आत्मदाहकाे प्रयास
३६२ आयोजना र निर्माण व्यवसायीलाई जोगाउनु मेरो पहिलो प्राथमिकता हो : केशरकुमार बुढाथोकी (भिडियोसहित)
एमालेको प्रतिवेदनमा छैन कम्युनिस्ट एकताको चर्चा
एमाले केन्द्रीय कमिटीका २१ बुँदे निर्णय सार्वजनिक, के–के छन् प्रस्तावमा ?
कोशीमा निर्माण व्यवसायीको चुनाव : केशरकुमार बुढाथोकीको नेतृत्वमा नयाँ खाका, संकट समाधानदेखि पुस्तान्तरणसम्म
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध मुद्दा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.