
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेता विदेश भ्रमणमा जाँदा अनिवार्य रूपमा पार्टीलाई जानकारी दिनुपर्ने बताएका छन् ।
दुईदिने राष्ट्रिय भेलाको बिहीबार समापन गर्दै अध्यक्ष ओलीले विदेश भ्रमणबारे पार्टीलाई जानकारी नदिने नेतासँग स्पष्टीकरण सोधिने बताए ।
‘पार्टीका नेता तथा कार्यकर्ता अनुशासित हुनुपर्छ । कसले के गर्दैछ, कहाँ जाँदैछ भन्ने जानकारी पार्टीलाई दिनु जिम्मेवारी र कर्तव्य हो,’ ओलीले भने, ‘अबदेखि कोही विदेश भ्रमणमा जाँदैछ भने पार्टीलाई जानकारी हुनुपर्छ । जानकारी नभए पार्टीले स्पष्टीकरण सोध्छ ।’

























