
विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको ५७ बोरा खाद्य सामग्री बरामद गरेको छ ।
विराटनगर महानगरपालिका–७ स्थित भृकुटी चोकमा रहेको नेपाल ट्रान्सपोर्टबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी मोरङको गस्ती टोलीले उक्त सामग्री बरामद गरेको हो ।
भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल ल्याइएको खाद्य सामग्री ट्रान्सपोर्टमा लोड गर्ने तयारी अवस्थामा राखिएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ३७ बोरा खुर्सानी, १० बोरा केराउ र १० बोरा चनाको दाल बरामद गरेको सशस्त्र प्रहरीले जनाइएको छ ।
बरामद खाद्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।



















