सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्ने युवक पक्राउ

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ०९:०३
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय पक्राउ

धनगढी । सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको चुरे गाउँपालिका-४ घर भई हाल धनगढी उपमहानगरपालिका-१ त्रिवेणीचोकमा बस्दै आएका २१ वर्षीय दिनेश धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

धामीले गत मंसिर १ गते सशस्त्र प्रहरीको पोसाक लगाएर भिडियो बनाएका थिए । उक्त भिडियो उनले टिकटकमा पोस्ट गरेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनलाई मंसिर ३ गते पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.