बस दुर्घटनामा १४ जना घाइते

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ३, बिहीबार ११:५०

काठमाडौं । दाङको लमहीमा भ्रमण बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

लमही नगरपालिका–९ स्थित शिवखोला नजिकै पूर्वपश्चिम राजमार्गमा भे.१ ख ३१३० नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो ।

लुम्बिनी भ्रमण गरेर बाँकेको कोहलपुर फर्कँदै गरेको बस अनियन्त्रित भई सडकमा पल्टिएको दाङका डीएसपी हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए ।

दुर्घटनामा घाइते भएका १४ जनालाई उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.