नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १७:०५

नेपालगञ्ज । चाडपर्वका कारण लामो बिदा हुँदा नियमित रक्तदान कार्यक्रम प्रभावित बनेपछि नेपालगञ्जमा रगतको अभाव चुलिएको छ। अस्पतालहरूमा रगतको माग उच्च रहे पनि पर्याप्त सङ्कलन हुन नसक्दा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन चुनौती देखिएको छ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार नेपालगञ्जका अस्पतालमा मात्रै दैनिक ७० देखि ८० पिन्टसम्म रगतको माग हुने गरेको छ। तर मागअनुसार रगत मौज्दात नरहेको उनले बताए।

रेग्मीले लुम्बिनी प्रदेशसँगै सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत उपलब्ध गराउनुपर्ने भएकाले नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए। उनका अनुसार संस्थागत रक्तदान कार्यक्रमले रगत सङ्कलनमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ।

रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरस्थित शाखामार्फत पनि रगत सङ्कलन गर्दै आएको छ। कतिपय अवस्थामा बिरामीका आफन्तले रगत लिएपछि सट्टामा रगत उपलब्ध गराउने व्यवस्था मिलाएर अभाव व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

‘केही संस्थाले फाटफुट रूपमा रक्तदान गरिरहेका छन्, तर त्यो पर्याप्त छैन,’ रेग्मीले भने। केही दिनभित्र अन्य संस्थाले पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको र त्यसबाट केही मात्रामा रगत सङ्कलन हुने अपेक्षा गरिएको उनले बताए।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्रका अनुसार कोहलपुरका आठ अस्पतालमा दैनिक २० देखि २५ पिन्ट र खजुराका दुई अस्पतालमा १० देखि १२ पिन्ट रगतको माग हुने गरेको छ। त्यस्तै, नेपालगञ्जका २७ अस्पतालमा दैनिक करिब ८० पिन्ट रगत आवश्यक पर्ने गरेको छ।

नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सम्झनाले विभिन्न माध्यमबाट रक्तदान भइरहेको बताउँदै रगत लिने र दिने प्रणालीले पनि अभाव व्यवस्थापनमा सहयोग पुगेको जानकारी दिए। उनका अनुसार रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या उत्पन्न नभए पनि आवश्यक परेको अवस्थामा स्वयंसेवी रक्तदाताको सहयोग लिने गरिएको छ।

नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले अहिलेसम्म ४५ पटक रक्तदान गरिसकेका छन्। उनले रगत लिनेले पनि अरूलाई रगत दिनुपर्छ भन्ने भावना सबैमा विकास हुनुपर्ने बताए। पछिल्लो समय जन्मदिन तथा वैवाहिक उत्सवका अवसरमा रक्तदान गर्ने प्रचलन बढ्दै गएको उनको भनाइ छ।

शर्माले रगत अभाव न्यूनीकरणका लागि स्थानीय सरकारले कम्तीमा वर्षमा दुई पटक रक्तदान कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.