भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १९:२७

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आसन्न भारत भ्रमणका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म भएको भेटमा प्रधानमन्त्रीको भारत भ्रमण र त्यहाँ भारतीय नेतृत्वसँग उठाउन सकिने विषयबारे छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो भ्रमणबारे लामिछानेलाई जानकारी गराउँदै भारतीय नेताहरूसँगको भेटमा उठाउनुपर्ने महत्वपूर्ण विषयमा सुझाव मागेका थिए । यसअघि आफूले गरेको भारत भ्रमणको अनुभवका आधारमा लामिछानेले सम्भावित छलफलका विषयबारे सुझाव दिएको बताइएको छ ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो दुईदिने भारत भ्रमणमा जाने कार्यक्रम छ । उनी ३४ सदस्यीय सरकारी टोलीसहित भारत जान लागेका हुन् । निजी क्षेत्रका ५२ जना व्यवसायी प्रतिनिधि पनि छुट्टै टोलीका रूपमा भारत जानेछन् ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.