एनपीएल फाइनलमा क्षमताभन्दा बढी दर्शक

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १९:३०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा क्षमताभन्दा बढी दर्शक पुगेका छन् ।

रंगशालाको क्षमताभन्दा बढी हुँदा सिट नपाएपछि धेरै समर्थक प्यारापिटमा उभिएरै खेल हेर्न बाध्य भएका छन् ।

क्रिकेट संघ नेपालले आफ्नो आधिकारिक वेबसाइटमा कीर्तिपुर रंगशालामा १५ हजारभन्दा बढी दर्शक अट्ने उल्लेख गरेको छ । तर २०२५ मा प्यारापिटमा सिट जडान गरेपछि भने १० हजार सिट रहेको भनिएको थियो ।

त्यसअनुसार प्यारापिटमा १० हजार सिट रहेको रंगशालामा उभिएर खेल हेर्ने दर्शकको समेत उल्लेख्य संख्या देखिएको छ ।

उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.