ओखलढुंगामा जिप दुर्घटना, नौ जना घाइते

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ११:२८

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कमा जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार निशंखे-ओखलढुंगा भित्री कच्ची सडकखण्डमा सोमबार बिहान सवा ७ बजे जिप दुर्घटनामा परेको हो । निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १-०७-००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।

दुर्घटनामा सिद्धिचरण नगरपालिका-२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।

घाइते सबैलाई उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.