
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनिया चोकस्थित नगर प्रहरीको बिटभित्र सोमबार एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
भेरूवा थान घर भएका करिब ४३ वर्षीय गोहिया रिसिदेव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी मागेर हिँड्ने गरेको जनाइएको छ ।
घटनाबारे इलाका प्रहरी कार्यालय रंगेलीमा जानकारी प्राप्त भएपछि प्रहरी चौकी डाइनियाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक अशोककुमार झाको नेतृत्वमा टोली खटिएको छ ।

























