
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्षको माला र पशुपतिनाथको चन्दन उपहार दिएका छन् ।
सोमबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विशेष बाकसमा राखिएको रुद्राक्षको माला मोदीलाई हस्तान्तरण गरेका हुन् । उनले पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन पनि बाकसमा राखेर उपहार दिएका थिए ।
त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई विशेष घडामा गङ्गाजल उपहार दिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उपहार आदानप्रदानपछि दुवै प्रधानमन्त्रीसहित दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्ता सुरु भएको छ ।



















