
प्रधानमन्त्री शाह केही समयअघि अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसँगै भारत भ्रमणमा गएका थिए। सोही क्रममा खिचिएको तस्वीर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्।
यसअघि पनि प्रधानमन्त्री शाहले अन्य दुई मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्वीर सार्वजनिक गरेका थिए। उक्त तस्वीरमा उनले ‘देश बनाउने टोली’ भन्दै क्याप्सन लेखेका थिए।
मन्त्रीहरूसँगका यस्ता तस्वीर र क्याप्सनमार्फत प्रधानमन्त्री शाहले आफ्नो टिमको मेहनत र सहकार्यलाई प्रस्तुत गर्दै आएका छन्।

























