
विराटनगर । विराटनगर महानगरपालिका-२, शंकरपुरमा मंसिर ९ गते सामा चकेवा सांस्कृतिक उत्सव हुने भएको छ ।
विराट राजवंशी सामा चकेवा महिला समूहको आयोजनामा हुन लागेको उत्सवमा सामूहिक सामा चकेवा प्रस्तुति, विशेष पूजा तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने समूहकी सदस्य संस्कृति राजवंशीले जानकारी दिइन् ।
उत्सवले विराट राजवंशी समुदायको मौलिक संस्कृति, परम्परा र आपसी सद्भाव जगेर्ना गर्न सहयोग पुग्ने विश्वास आयोजक समूहले लिएको उनले बताइन् ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामा चकेवा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, स्नेह र सद्भाव दर्शाउने प्रमुख सांस्कृतिक पर्व हो ।

























