
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नियुक्ति गैरकानुनी भएको दाबीसहित राष्ट्रिय जेनजी नागरिक अभियानले रिट दायर गरेको हो ।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन् ।
नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा विधि र प्रक्रियाविपरीत नियुक्ति गरिएको दाबी गर्दै निवेदनमा नियुक्ति खारेज गर्न माग गरिएको छ । रिटको पेसी बुधबारका लागि तोकिएको छ ।

























