
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गरेको छ । आयोगको बैठकले थापा नेतृत्वको नेपाली कांग्रेसको अभिलेख अद्यावधिक गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कांग्रेसको १५ औं महाधिवेशनबाट आएको पदाधिकारी र विधान अद्यावधिक गर्ने निर्णय आयोगको मंगलबार बैठकले गरेको जानकारी दिए ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गरेर पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।



















