हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १२:१६

काठमाडौं । हुम्लामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३, कारङका अन्दाजी ४५ वर्षीय चक्रबहादुर शाही रहेका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार जंगलमा काठ काट्न गएका बेला भालुले आक्रमण गर्दा शाही घाइते भएका हुन्।

हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार भालुको आक्रमणबाट शाहीको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

घाइते शाहीलाई उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउँदै गरिएको डीएसपी खड्काले जानकारी दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.