बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १६:२३

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित प्रमुख तेल प्रशोधन केन्द्रमा बिहीबार भीषण विस्फोट भएपछि आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। विस्फोटपछि प्रशोधन केन्द्रमा आगलागीसमेत भएको थियो।

अधिकारीहरूका अनुसार विस्फोटमा परी तत्काल कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे विस्फोट भएको जानकारी मोबाइल फोनमार्फत सर्वसाधारणलाई पठाइएको थियो।

बैंकक महानगर प्रशासनले विस्फोट भएको एक घण्टाभन्दा कम समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई घटनास्थल आसपास नजान र सुरक्षित रहन आग्रह गरेको छ। विस्फोटको कारण भने खुल्न सकेको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बैंककको पूर्वी क्षेत्रमा रहेको प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ उडिरहेको देखिएको छ। प्रशोधन तथा भण्डारण केन्द्रको स्वामित्व रहेको बङ्गचाक कर्पोरेसनले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

दैनिक एक लाख २० हजार ब्यारेल तेल प्रशोधन क्षमता रहेको उक्त केन्द्र थाइल्यान्डको पाँचौँ ठूलो प्रशोधन केन्द्र हो। सहरी क्षेत्रमा अवस्थित यो देशको एक मात्र प्रमुख प्रशोधन केन्द्रका रूपमा रहेको बताइएको छ।

यसअघि सन् २०१२ को जुलाईमा पनि उक्त प्रशोधन केन्द्रमा विस्फोट र आगलागी भएको थियो। त्यसबेला नजिकैको आवासीय क्षेत्रमा क्षति पुगेको थियो भने प्रशोधन केन्द्रको मर्मतसम्भारका लागि दुई साता लागेको थियो।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.