सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १७:५९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका छन्।

संशोधित मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा पुगेकी छन्। यसअघि उनी सातौँ स्थानमा थिइन्।

गौतमलाई तेस्रो वरीयतामा ल्याइएसँगै यसअघि उक्त स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन्। त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको वरीयता पनि एक–एक स्थान तल झरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट उपसभापतिमा निर्वाचित गौतम पार्टीको मर्यादाक्रममा तेस्रो स्थानमा छिन्। पार्टीको वरीयताअनुसार नै मन्त्रिपरिषद्मा पनि उनको मर्यादाक्रम परिवर्तन गरिएको हो।

 मर्यादाक्रम :

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.