
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाह शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका हुन् ।
भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन् । भारत भ्रमणमा जानुअघि राष्ट्रपतिसँग भेट नगरेको भन्दै उनको आलोचनासमेत भएको थियो ।
यसअघि आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछानेसँगको भेटलगत्तै प्रधानमन्त्री शाह शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र राष्ट्रपतिबीच भारत भ्रमण, अध्यादेश तथा सरकारका कामकारबाहीका विषयमा छलफल भएको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री शाहले गत मंसिर ६ र ७ गते सम्पन्न आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

























