स्वास्थ्यकर्मीलाई हातपात गर्ने भीषण जीमी पक्राउ

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ५, बुधबार ०८:१३

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–२ टाइगर चोकस्थित नागरिक आरोग्य केन्द्रका वैध (स्वास्थ्यकर्मी)लाई हातपात एवं दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् ।

पाँचखपन–२ स्याबुनका ४० वर्षीय भीषण जीमीलाई पक्राउ गरिएको जिल्लाका प्रहरी कार्यालय संखुवासभाका इन्सपेक्टर रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार जीमीले गत आइतबार स्वास्थ्यकर्मीलाई गालीगलौज गर्दै हातपात एवं दुर्व्यवहार गरेका थिए ।

इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । जीमीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×