
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधि सभा बैठकमा सांसदले आज प्रत्यक्ष प्रश्नोत्तर गर्ने भएका छन् ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिनेछन् । उनी तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक प्रश्नउत्तरमा भाग लिन लागेका हुन् ।
आज संसदमा केही विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, सांसद तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्वको विषयमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची छ ।
संसदमा धितोपत्रसम्बन्धी (पहिलो संशोधन)विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णायार्थ पेस गर्ने, त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

























