
धनगढी । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा कैलालीको धनगढीका एक जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका – ८ का २२ वर्षीय विष्णु तिमिल्सेनालाई १७ वर्षीया विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
उनी बाल यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको कैलाली प्रहरीले जनाएको छ ।
तिमिल्सेनाविरुद्ध बाल यौन दुरुपयोग गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन् । जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















