
काठमाडौं । काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापना लागि आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार महानगरपालिकाका प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको छ ।
हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनर्स्थापना कार्यका लागि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय महानगरले गरेको हो ।


















