आन्तरिक निर्वाचनबाट चुनिए नेकपा एसका पदाधिकारी

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १२, बुधबार ०८:२३

काठमाडौं । सर्वसम्मत गर्ने प्रयास असफल भएपछि नेकपा एकीकृत समाजवादीले आन्तरिक निर्वाचन गरी पदाधिकारी छनोट गरेको छ । निर्वाचनमा केन्द्रीय सदस्यले मतदान गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसहमत चुनिए । महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उपाध्यक्षमा रामकुमारी झाँक्रीले पनि प्रतिस्पर्धा गरेकी थिइन् । तर उनी राईसँग पराजित भइन् ।

मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनले रामचन्द्र झालाई पराजित गरे ।

खुला उपाध्यक्षमा डा‍क्टर गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चार उपमहासचिव पदका लागि १९ जनाको उम्मेद्वारी परेको थियो ।

सचिवमा दलित तर्फ गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजाति तर्फ बलदेव चौधरी निर्वाचित भए । खुला सचिवमा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

यसअघि महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल चुनिएका थिए । अन्य पदाधिकारी आन्तरिक निर्वाचनबाट चुनिएका हुन् । १७ पदाधिकारी छान्नका लागि  ३४४ जना केन्द्रीय सदस्यले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.