
विराटनगर । विराटनगर महानगरपालिका–५ जामुनगाछीस्थित फ्युजन तेक्वान्दो एकेडेमीका खेलाडीले सडक सरसफाइ गर्न थालेका छन् ।
एकेडेमीका खेलाडीहरुले विदाका दिन पारेर आफ्ना एकेडेमी वरिपरीको सडक सरसफाइ अभियान सुरुवात गरेका हुन् ।

खेलाडीहरुलाई खेल ज्ञानका साथै व्यवहारिक ज्ञान हुनुपर्छ भन्ने उद्देश्यका साथ सरसफाइ अभियानको सुरुवात गरेको एकेडेमीकी प्रशिक्षक सिरु सत्यालले जानकारी दिइन् ।
सामाजिक कार्यमा पनि लाग्नुपर्छ भनेर बुझाउनका लागि खेलाडीहरुलाई सरसफाइ अभियानमा संलग्नता गराएको बताउँदै, प्रशिक्षक सत्यालले भनिन्, ‘सरसफाइले नै स्वास्थ्य बनाउने भएकोले एकेडेमीका खेलाडीहरुले सडकमा गरेको सफाइ अभियानमा सबै लागे राम्रो हुन्थ्यो । शरीर मात्रै सफाइ गरेर हुँदैन आफ्नो वरपर सफाइ गरे स्वच्छ वातावरण हुन्छ ।’
जामुनगाछी टोलको सडकमा रोपिएको बिरुवा उर्काउन यस मद्दत पुग्ने छ । एकेडेमीमा प्रशिक्षणमा रहेका ३५ जना खेलाडीले सार्वजनिक विदाका दिन सफाइ गर्ने प्रशिक्षक सत्यालले बताइन् ।























