
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेका छन् । पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् ।
राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ । अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो पनि खुलेको छ ।

























