प्रदेश निजामती सेवा संशोधन विधेयकमाथिकाे छलफल सकियो

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १५, शनिबार १८:२८

विराटनगर । कोशी प्रदेशको प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।   कोशी प्रदेश सभामा शुक्रबार टेबल भएको विधेयकमाथि आज शनिबार सैद्धान्तिक छलफल भएको हो ।

विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरूले निजामती सेवालाई सरकारको रुपमा निर्माण गर्नुपर्ने भन्दै समान अवसर र वृत्तिविकास विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

२०७९ सालको फागुनमा ऐन ल्याउने क्रममा सरोकारवाला सबै पक्षहरूसँग पर्याप्त छलफल नगरेकै कारण ऐनमा धेरै कमी कमजोरी भएको भन्दै प्रदेश सभा सदस्यहरूले सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गर्न समेत सुझाव दिएका छन् ।

संशोधनमा वन रक्षक र लेखा समूहका कर्मचारीहरूको समस्यालाई सम्बोधन गर्नुपर्नेमा प्रदेश सभा सदस्यहरूको जोड छ । विधेयकमा संशोधन गर्न चाहने प्रदेश सभा सदस्यहरूका लागि प्रदेश सभा सदस्यहरूलाई ७२ घण्टाको समय दिइएको छ ।    

प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सैद्धान्तिक छलफलमा गोम्बु शेर्पा, विदुर कुमार लिङ्थेप, रामदेव यादव, रमेश कुमार बस्नेत, भुपेन्द्र राई, प्रदिप कुमार सुनुवार र शोभा चेम्जोङले भाग लिएका छन् । सैद्धान्तिक छलफलपछि भदौ १६ गतेसम्मका लागि  प्रदेशसभा बैठक स्थगित भएको छ ।

 

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.