
विराटनगर । महिला क्रिकेट खेलाडीहरुको क्षमता अभिवृद्ध गर्ने उद्देश्यले शनिबार विराटनगरमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
क्रिकेट बिथआउट बाउन्डिरजले आयोजना गरेको कार्यक्रममा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र खेलाडीका अभिभावकहरुको सहभागिता रहेको थियो उनीहरुलाई क्रिकेट बिथआउट बाउन्डिरजको हेड अनुगमन र मूल्यांकन प्रमुख युकेकी सरा बगले प्रशिक्षण दिएकी थिइन् ।
उनी पिएचडी गर्न नेपाल आएकी हुन् । उनी महिला क्रिकेट क्षेत्रको विकास र लैंगिक समानतको पक्षमा अहिले रिसर्च गर्दै आएकी बताइन् । उनको नेतृत्वमा अहिले कोशी र मधेस प्रदेशमा महिला खेलाडी उत्पादन गर्नुको साथै क्षमता अभिवृद्ध गर्ने काम भइरहेको नेपाल क्रिकेट फाउन्डेसनका मन्दीप साहले बताए ।
क्रिकेटको क्षेत्रबाट महिला खेलाडीहरुको सशक्तीकरण गराउनु उद्देश्यले पनि यो कार्यशाला गरिएको हो । आगमी दिनमा कस्तो कार्यक्रमहरु गर्न सकिन्छ ।
त्यसको योजना बनाउन महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुलाई बोलाएर कार्यक्रम गरिएको साहले बताए ।























