
काठमाडौं । सिइ कन्स्ट्रक्सन प्रालिले कर्पाेरेट क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण ‘सिइ कर्पाेरेट टि–१०’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता असोज ३ र ४ गते काठमाडौं चुनिखेलको नवनिर्मित रोयल्स स्पोट्र्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिमको सहभागिता रहेको थियो भने सलिको इन्स्योरेन्स विजेता र सिइ कन्स्ट्रक्सन उपविजेता भएको थियो ।
दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने र ताजगी प्रदान गर्नु मुख्य उद्देश्य रहेको आयोजक समितिका अमित पौडेलले जानकारी दिए ।
उनले प्रतियोगिता कर्पाेरेट र क्रिकेट क्षेत्र जोड्ने पुलसमेत बन्ने विश्वास रहेको बताए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ। प्रतियोगितामा सहभागी हुन भदौ २० गतेसम्म इन्ट्री खुला गरिएको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता हुनेछ ।
सिइ कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारीले प्रतियोगिताको आयोजनाले कर्पाेरेट जीवनलाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गरे । उनले हाम्रो उद्देश्य विभिन्न कर्पाेरेट हाउसहरूलाई एकै स्थानमा ल्याएर सौहाद्रपूर्ण बढाउनु हो ।























