राखेपका निर्देशक शर्माको बिदाइ

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार २०:०३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलबार बिदाइ गरिएको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । मंगलबार तालिम तथा प्रशिक्षण विभागले पनि शर्मालाई बिदाइ गरेको थियो ।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक संगीना वैद्य, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, एथलेटिक्सकी प्रमुख प्रशिक्षक उषा कर्ण, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, तालिम तथा प्रशिक्षक विभागका वरिष्ठ अधिकृत सुजन खतिवडालगायतले एक कार्यक्रमबीच शर्मालाई बिदाइ गरे ।

२०५२ साल माघ १० गते राखेपमा सेवा प्रवेश गरेका शर्माले मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकास पाएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.