इलामको सुकिलुम्बा विमानस्थल आजदेखि सञ्चालनमा

Share this
627shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २०, बिहीबार ०९:०२

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ ।

मौसम अनुकूल नहुने भन्दै तीन महिनादेखि विमानस्थल बन्द रहेको थियो । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान आजदेखि पुनःसञ्चालन हुन लागेको हो ।

सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बर्खायाममा खराब मौसम हुने भएकाले विमानस्थल बन्द गर्नु परेको बताए । उनले अब मौसममा धेरै सुधार आएको र बर्खाको जस्तो मौसम नहुने भएकाले आजदेखि उडान सुरु गर्न लागिएको हो ।

नेपाल एयरलाइन्सको जहाजले गत जेठ १३ गते उडान भरेदेखि उडान भएको छैन । काठमाडौंबाट इलामका लागि गत जेठ १७ गते उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं फर्केको थियो ।

गत बिहीबार उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान भएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका–९ मा छ । यहाँबाट पहाडी जिल्ला इलाम, पाँचथरसहित भारतका यात्रुलाई काठमाडौं आवतजावतमा सहज हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.