विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ–आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नु पर्ने बताएका छन् ।
आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै कर्मचारीहरुले स्वच्छ आचरण र उच्च नैतिकता देखाएर अघि बढ्नु पर्ने धारणा राखे ।
उनले सुशासन र विकासमा सबै अग्रसर हुनुपर्ने भन्दै निष्ठापूर्वक जनताको सेवामा समर्पित हुन जरुरी रहेको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले नेपालको हरेक राजनीतिक परिवर्तनमा निजामती कर्मचारीको योगदान रहेको चर्चा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन आग्रह गरे ।
निजामती सेवाको आदर्श र व्यवहारले नै सुशासन र प्रशासनप्रति जनताको विश्वास देखिने बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘दिवसले निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिने छ । कर्मचारीहरु उच्च नैतिक आचारण र पेशागत मर्यादामार्फत जनताप्रतिको उत्तरदायित्व हुनुपर्छ ।’

























