
काठमाडौं । एन्फा महिला लिगको साबिक विजेता विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले शनिबारको खेलमा जित निकालेको छ ।
एपिएफले अर्को विभागी टोली त्रिभूवन आर्मी क्लबलाई २–१ गोलमा पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् भने आर्मीका लागि विमला चौधरीको गोल फर्काइन् ।
दोस्रो खेलमा पहिलो जितपछि एपिएफ ४ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा एपिएफ अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
आर्मीले दोस्रो खेलमा पहिलो हार बेहोरेको छ । पहिलो खेलमा आर्मीले संकटा क्लबलाई पराजित गरेको थियो । ६ अंकका साथ कोशी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा छ ।
आइतबार कोसी प्रदेश र कर्णाली प्रदेश तथा बागमती युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।























