गोठबाट गाई चोरेर हत्या गर्ने ४ जना पक्राउ

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार १३:१६

झापा । झापा दमकको एक गोठमा बाँधेको गाई चोरी गरेर हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका–२ घर भएका लछुमन विष्टको दमक–१ स्थित पानी ट्यांकीमा रहेको गोठबाट भदौ १८ गते राति २ वटा गाई चोरी झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

उनका अनुसार गोठमा बाँधेर राखेको २ महिनाको गर्भिणीसमेत रहेको गाईलाई चोरी गरी हत्यामा संलग्न भएका ४ जनालाई पक्राउ गरिएको छ ।

दमक–२ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प–२ छाप्रो नम्बर ३३२ का ४४ वर्षीय प्रेमबहादुर बिष्ट, दमक–३ शरणार्थी शिविर क्याम्प–३ छाप्रो ए ३–२०८ का ३८ वर्षीय खगेन्द्र दुलाल, शिविर क्याम्प–३ छाप्रो नम्बर ए २–१२० का ३२ वर्षीय विद्यान थापा र दमक–४ की ४५ वर्षीया गीता श्रेष्ठलाई गाई चोरी गरी हत्या गरेको आरोपमा पक्राउ गरेको डिएसपी चन्दले बताए ।

पक्राउ परेकाहरुले भदौ १८ गते मंगलबार राति गोठमा बाँधेरको गाई चोरी गरे । उनीहरु गोठबाट करिब १ सय मिटर पूर्व खाली जग्गामा गाईको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपछि खुट्टा करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरीरको भाग छाडेको अवस्था फेला परेको बताउँदै, डीएसपी चन्दले भने, ‘गाईको हत्या गरी मासु लैजानेको खोजी गर्ने उनीहरुलाई पक्राउ गरिएको र घटनामा प्रयोग गरेको खुकुरी, बनचरो र मासु बोक्न प्रयोग गरिएको झोला उनीहरुको घरबाट बरामद भएको थियो ।’

पक्राउ परेकाहरुको आपराधिक पृष्ठभूमि प्रेम, खगेन्द्र र विद्यान यसअघि चोरी, डकैती, लुटपाट, जबरजस्ती करणी, केही सार्वजनिक अपराध, पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा पक्राउ परी सकेको डीएसपी चन्दले बताए ।

इलाका प्रहरी कार्यालय दमकमा उनीहरुलाई राखेर घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.