अनशन बस्ने पूर्वमुख्यमन्त्री केदार कार्कीको तयारी

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार १४:४७

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने तयारी गरेका छन् । यसअघि नै उनले अनशन बस्ने घोषणा गरेका थिए ।

कार्कीको मुख्य माग १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हो । १ साताअघि संसदबाट उनले आफ्नो कार्यकालमा सुरु भएको १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार पुनः सुरु गर्न माग गरेका थिए ।

माग सम्बोधन नभएको भन्दै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र बुझाएर उनले ४८ घण्टापछि अनशन बस्ने घोषणा गरेका हुन् । कार्की नेतृत्वमा हुँदा सरकारले प्रदेशका ठूला निजी अस्पतालमा १० वर्ष मुनीका बालबालिकाको उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए ।

हिक्मतकुमार कार्कीको नेतृत्वमा बनेको नयाँ सरकारले प्रदेशको स्रोतले धान्न नसक्ने भन्दै प्रदेश सरकार मातहतका अस्पतालमा मात्रै निःशुल्क उपचार गर्ने नियम बनाएको थियो । ‘विशेषज्ञ सेवा नै नभएको अस्पतालहरुमा निःशुल्क गर्नुको अर्थ छैन । मेरो पालामा पनि निःशुल्क थियो । विशेषज्ञ सेवा प्रदेशले निःशुल्क दिनुपर्छ,’ केदार कार्कीले भने ।

उनले मुख्यमन्त्रीसँग ९ बुँदे माग अघि सारेका छन् । मागको पहिलो नम्बरमा प्रदेशमा १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहित निःशुल्क उपचार कार्यक्रमको निरन्तरताको माग गरिएको छ ।
बजेटमा २५ लाखभन्दा कमका आयोजना नराख्ने, शैलेजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्ययंसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग केदार कार्कीले राखेका छन् ।

माग सम्बोधन नभए प्रदेशसभा सचिवालयमा धर्ना बस्ने र अनशन सुरु गर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.