माओवादीको दोहोरो चरित्र : कोशीको पक्षमा मतदान, ब्यानरमा प्रदेश नम्बर १

Share this
795shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २३, आइतबार १८:१३

विराटनगर । कोशी प्रदेशमा प्रदेशको नामांकन हुँदा पक्षमा मतदान गरेको नेकपा (माओवादी केन्द्र)ले पार्टीको ब्यानरमा भने प्रदेश  नम्बर १ नै लेखेको छ ।

उदयपुरमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको परामर्श बैठकको ब्यानरमा प्रदेश १ नै लेखेको हो । नामकरणको विषयमा माओवादीले दोहोरो चरित्र देखाएको हो ।

प्रदेश नम्बर १ को प्रदेशसभाको दोस्रो बैठकले २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम दुईतिहाइ बढी बहुमतले कोशी राखेको थियो ।

कोशी नाम राख्दा माओवादीले पक्षमा मतदान गरेको थियो । प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो । मतदानमा ८६ जना सांसद सहभागी थिए ।

पक्षमा मतदान गरेर माओवादीले प्रदेश नम्बर १ लेख्नु सार्वभौम संसदको अपमान भएको नेकपा (एमाले) प्रदेश कमिटी सदस्य गीतादेवी रेग्मीले बताइन् । ‘सत्तामा हुँदा मान्ने, प्रतिपक्षमा हुँदा नमान्ने राजनीतिकरण खेदजनक र निन्दनीय छ,’ उनले भनिन् , ‘यस्ता हर्कत तत्काल बन्द गरिनु पर्दछ ।’

माओवादी केन्द्र प्रदेश कमिटीका अध्यक्ष हर्कबहादुर नेम्वाङ्ग (मिक्सो)ले केन्द्रको नीति प्रदेशको नाम पुनः नामाकरण गर्ने भन्ने भएकाले प्रदेशको नाममा १ नम्बर लेखिएको बताए ।

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसअघि साउन २२ गते विराटनगरमा आयोजित प्रदेश समितिको सातौं बैठकमा उपस्थिति हुँदा पनि प्रदेश नम्बर १ लेखेर नै ब्यानर प्रयोग गरिएको थियो । त्यही ब्यानरमा आयोजित बैठकलाई प्रचण्डले सम्बोधन गरेका थिए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.