
काठमाडौं । काठमाडौंमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले लगातार तेस्रो जित निकाल्न सफल भएको छ ।
कोशीले खेलको ३ खेल सबैमा अपराजित हुँदै यात्रालाई निरन्तर अघि बढाएको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार (आज) भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४–० फराकिलो गोल संख्यामा पराजित गरेको हो ।
कोशीलाई जित दिलाउन पूर्णिमा राईले २ गोल, प्रतिक्षा राई र समीक्षा मगरले समान १–१ गोल गरे ।
खेलमा अपराजित रहँदै ९ अंकका साथ कोशी तालिकाको शीर्ष स्थानमा छ ।























