अनशन बस्दै पूर्वमुख्यमन्त्री केदार कार्की, सरकार भन्छ,‘औचित्य छैन’

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १९:१६

विराटनगर । १० वर्ष मुनिका बालबालिकाका लागि निःशुल्क उपचारको माग गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भोलि बेलुकाबाट अनशन सुरु गर्ने भएका छन् । तर, सरकारले भने कार्कीको अनशनको अर्थ नरहेको बताएको छ ।

सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्कीले मङ्गलबार बेलुका ४ बजेबाट अनशन बस्ने बताएका हुन् ।

दश वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार कार्यक्रम, बजेटमा २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वयम् सेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केशलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति र जनावरमैत्री जङ्गल कार्यक्रम सरकारको प्राथमिकतामा राख्न माग गर्दै कार्की अनशन बस्न लागेका हुन् ।

सरकारले भने दश वर्ष मुनिका बालबालिकाका निःशुल्क उपचार कार्यक्रमका लागि चार करोड २९ लाख रुपैयाँ बजेट रहेको बताएको छ । यो बजेटले प्रदेश मातहतका अस्पतालमा बालबालिकाको निःशुल्क उपचार गर्ने भन्ने छ । तर प्रदेश तहका सरकारी अस्पतालमा विशिष्टीकृत सेवा छैन । पूर्वमुख्यमन्त्री कार्कीले विशिष्टीकृत सेवा भएको अस्पतालहरूमा निःशुल्क उपचार गराउन माग गरेका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले उठाएको दश वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा सहितको निःशुल्क उपचार कार्यक्रम, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वयम् सेविकालाई प्रोत्साहन भत्तालगायतका कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिएको आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले बताए । उनले आन्दोलनको औचित्य नरहेको दाबी गरे । कार्कीको आन्दोलनले वर्तमान सरकार र नेपाली काङ्ग्रेससँगको सम्बन्धमा कुनै असर नगर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.