
विराटनगर । कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई उनको घर पुर्याएको छ ।
१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायत माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे पक्राउ गरी बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारीमा पुर्याएकाे हो । यद्धपि कार्की प्रहरीकाे गाडीबाट उत्रिन मानेका छैनन् ।
प्रहरीले आफन्तलाई जिम्मा लगाउने प्रयास गरिरहेकाे छ । प्रहरीले जवरजस्ती छाडे पुन अनशन स्थलमै फर्केर अनशन बस्ने कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिए ।
अनशनस्थलमा कार्कीलाई पक्राउ गर्नुअघि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थक सामान्य घाइते भएका छन् । प्रहरीले अनशन स्थलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालामाथि पनि लाठी चार्ज गरेको थियो ।
कार्कीको अनशनस्थलबाट प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।
*यसअघि पूर्वमुख्यमन्त्री कार्कीलाई निवासमा पुर्याएकाे हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ । स.

























