केदार कार्कीको अनशनप्रति एमालेको आपत्ति, नौटंकी नगर्न आग्रह

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २६, बुधबार १५:२६

विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति आपत्ति जनाएको छ ।

विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदेश सरकार र बजेटका बारेमा कार्कीले भ्रम फिँजाउने कार्य गरेको भन्दै एमाले असन्तुष्ट छ ।

प्रदेशसभा बैठकमा बुधबार एमाले सांसद तिलचन पाठकले विशेष समय लिएर बोल्दै कार्कीले संसदीय मूल्यमान्यताविपरीत काम गरेको बताए । उनले अनशनको नौटंकी नगर्न पनि आग्रह गरे ।

‘उहाँले ‘लास्ट बेन्च’मा रहने एउटा सदस्यको रुपमा आफूलाई स्थापित गराउनु भएको हुनाले सायद बुझ्ने बानी हरायो कि ? हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ । नेकपा एमाले तयार छ । वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु । अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन । जनता सुखी हुँदैनन,’ पाठकले भने ।

कार्कीले उठाएका सबै माग बजेटमा समवेश भएको बताउँदै उनले भने ,‘तर, यतिबेला बजेटका नामबाट जनतालाई अन्योलमा पार्ने र प्रदेशलाई अन्योलको भुमरीभित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको उल्लेख गर्दै पाठकले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने पनि बताए ।

केदार कार्कीले उठाएका सबै माग रातोकिताबमा रहेको बताउँदै उनले त्यो हेर्न आग्रह गरे । उनले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निःशुल्क उपचार हुने बताए ।

तर, प्रदेश मतहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । १० वर्षमुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निःशुल्क गर्नुपर्नेलगायतका मागसहित कार्की मंगलबारदेखि आमरण अनशनमा छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.