कोशी प्रदेश : को–को बन्दैछन् संसदीय समिति सभापति ?

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार १२:२२

विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मिनी संसदको रुपमा रहेको समितिको सभापति कांग्रेस– एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा समिति पाएको छ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछन् ।

नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको नेतृत्व पाएको छ ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेलको नाम टुङ्गो लागेको छ । अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गर्ने कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए  ।  ‘समितिमा चार जना हुनुहुन्छ, उहाँहरु मध्ये एक जना सभापति बन्ने हो,’ उनले भने,‘ दुई समितिमा टुङ्गो लाग्यो, अर्थको पनि टुंगो लाग्छ ।’

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीलाई उम्मेदवार बनाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.