
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगितामा विभागी टोलीद्वय त्रिभूवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ विजयी भएका छन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो खेलमा विभागीय टोली आर्मीले बागमती युथ क्लबलाई ३–० गोलमा पराजित गर्दै जित निकालेको हो । आर्मीका लागि विमला चौधरी र अमिशा कार्कीले गोल गरिन् भने बागमतीकी सन्जु थिगंले आत्मघाती गोल गरेकी थिइन् ।

त्यस्तै, दोस्रो खेलमा साविक विजेता एपिएफले वालिङ नगरपालिकाविरुद्ध कठिन जिते निकाल्दै २–१ गोलमा विजयी भएको हो ।
एपिएफलाई जित दिलाउन रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले गोल गरे भने वालिङका लागि भने सिसे एन्टोङगोले सान्त्वना गोल गरिन् ।
तालिकामा १० अंकका साथ पुलिस शीर्ष स्थानमा छ भने समान अंक १० का साथ एपिएफ दोस्रो स्थानमा छ । गोलअन्तरमा पुलिस शीर्ष स्थानमा भएको हो । आर्मी तेस्रो र कोशी चौथो स्थानमा रहेको छ ।
यी दुवै टोलीको पनि अंक बराबरी भए पनि गोल संख्याको आधारमा तालिका तलमाथि भएको हो ।























