मोरङमा कांग्रेस र एमालेबीच खटपट : रंगेलीको ‘काउन्टर’ विराटनगरमा

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २७, बिहीबार २१:१२

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख एवं मेयर नागेश कोइराला रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएको २४ घण्टा बित्न नपाउँदै नेकपा (एमाले)ले महानगर प्रमुखलाई ध्यानआकर्षण पत्र बुझाएको छ ।

ध्यानआकर्षण पत्र बुझाउँदै एमालेले विराटनगरको विकास निर्माणमा ध्यान दिन आग्रह गरेको हो । एमालेको नेतृत्वमा रहेको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसको तर्फबाट प्रदर्शन हुँदा विराटनगरका मेयर कोइराला बुधबार सहभागी भएका थिए । त्यसको ‘काउन्टर’मा एमाले मोरङले प्रमुख कोइरालालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै विकास निर्माणमा ध्यान दिन आग्रह गरेको हो ।

महानगर प्रमुखलाई ज्ञापन पत्र बुझाउन पुगेको एमालेले निर्वाचित भएको २ वर्ष ५ महिना बितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै काममा ध्यान दिन आग्रह गरेको छ । तर, विराटनगरको कार्यपालिकामा एमालेकै बहुमत छ । एमाले मोरङले सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी विभिन्न स्थानीय विकासका मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

‘विराटनगरको मेयर रंगेलीमा पुगेर पालिकाले गरेको संस्थागत निर्णयको विपक्षमा जे प्रतिक्रिया दिनुभयो त्यो बेठिक थियो । उहाँको क्षेत्राधिकार भन्दा बाहिर गएर एउटा नगरप्रमुखले अर्काे नगरप्रमुखको सार्वभौम निर्णय गर्ने अधिकारलाई जुन प्रकारले हस्तक्षेप गर्नुभयो त्यो न्यायोचित थिएन । किन त्यसो गर्नु भयोभन्ने हाम्रो प्रश्न हो,’ एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने ।

उनले एउटा पालिकाले गरेको कामको विषयमा अर्काे पालिका प्रमुखले बोल्नु उचित नभएको बताए । मेयर कोइराला रंगेली पुगेर नगरपालिकाविरुद्ध भएको आन्दोलनको नारा जुलुस र प्रदर्शनमै सहभागी भएका थिए ।

‘एउटा पालिका नेतृत्वले अर्काे पालिकालाई या त्यो प्रकारको प्रतिक्रिया दिनेकुरा बेठिक हो, तपाईंको गरेको बेठिक हो भनेर ध्यानआकर्षण पत्र दियौं । ज्ञापन पत्र दियौं,’ कार्कीले भने, ‘महानगरमा उहाँ (कोइराला)ले गर्नुभएको क्रियाकलाप संगतीपूर्ण छैन । ‘ट्रान्परेन्स’ छैन । ‘एकाउन्टेबल’ छैन । आफैंले गरेका निर्णय बदर गर्नुभएको छ ।’

उनले कोशी प्रदेशको राजधानी भएको ठाउँमा मेयरले एउटा शौचालयसमेत बनाउन नसकेको बताए । ‘शौचालयसमेत बनाउन सक्नु भएको छैन । जनताका लागि कुनै नयाँ दिन सक्नु भएको छैन,’ कार्की भन्छन्, ‘रंगेलीबाट केही त सिक्नुहोस् । रंगेलीले गरेको ‘इनोभेसन’को विषयमा, ‘गार्डेन’को विषयमा र बजेट सञ्चालनका विषयमा सिक्नुहोस भन्यौं ।’ उनले नगरप्रमुखलाई आफ्नो शैली सच्याउन भनिएको बताए ।

‘कांग्रेसको ‘कन्सन’को विषयमा रंगेलीका मेयर साबले मेरो भाइ बिरामी छ, दिल्लीबाट उपचार गरेर आएपछि छलफल गरौं भन्नु भएको रहेछ । तर कांग्रेसले आन्दोलन गरेको छ । आन्दोलनका नाममा जथाभावी गरेको छ,’ कार्कीले भने, ‘रंगेलीको भन्दा पनि विराटनगरको गर्न काम गर्न सक्नु भएको छैन । त्यसका बारेमा उहाँलाई भन्यौं ।’

२०७९ को स्थानीय तहको निर्वाचनपछिको करिब २ वर्ष ५ महिनाको अवधिमा महानगरसँग ठोस, प्रभावकारी एवं दीर्घकालीन योजनामा कमी भएको एमाले मोरङका अध्यक्ष कार्कीले बताए । एमालेले महानगर प्रमुख कोइरालालाई विराट राजाको दरबार, प्रधानमन्त्री पार्कलगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरी समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको छ ।

नगरपालिकाबाट संचालन हुने नगर बस अविलम्ब संचालन गर्नु पर्ने, नगरभित्र फोहरमैलामा देखिएको लापरबाहीको अन्त्य गर्दै प्रशोधन र उचित व्यवस्थापन गर्नुपर्ने एमालेको माग छ । एमालेले नगर क्षेत्रको खेलकुदको प्रवर्दनका लागि अविलम्ब नगर खेलकुद विकास समिति गठन गर्नुपर्ने, विराटनगरको डुबान र ढल निकासका लागि स्थायी समाधान गर्नुपर्ने, नगरले विगतमा थालनी गरी रोकिएका अधुरा योजनाहरु सम्पन्न गर्नुपर्ने माग गरेको छ ।

ध्यानआकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालाले विकास निर्माणका काममा आवश्यक बजेट नहुँदा ढिलासुस्ती भएको बताए । बजेटका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल भइरहेको उनले बताए । कोइरालाले बुधबार नगरप्रमुखको रुपमा नभइ पार्टीको मोरङ जिल्ला उपसभापतिको हैसियतमा आन्दोलनमा सहभागी भएको बताए ।

त्यस्तै, रंगेली नगरपालिकाविरुद्ध भइरहेको आन्दोलनमा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार सहभागी भएका छन् । उनी सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाउँदै नाराबाजी र प्रदर्शनमै भाग लिएर रंगेली नगरपालिकाविरुद्ध भाषण गरेका थिए ।

गच्छदार कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । एउटा पालिकाविरुद्ध भइरहेको आन्दोलनमा साथ दिएका कारण अरु पालिकाका प्रमुखहरु धमाधम विवादमा तानिन थालेका छन् । उनीहरुले आफ्नो पालिका बनाउनलाई भने ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।

कांग्रेस र एमाले अहिलेका सत्तारुढ दल हुन् । तर, मोरङमा भने रंगेली घटनाले गर्दा दुवै दलबीच खटपट उत्पन्न भएको देखिन्छ । एउटा दलबाट निर्वाचित भएकाको नेतृत्व रहेको पालिकाविरुद्ध आन्दोलन हुँदा अर्को दलबाट निर्वाचित भएका अर्कै पालिकाका प्रमुखहरु सहभागी हुन थालेपछि कांग्रेस र एमालेबीच खटपट हुन थालेको हो ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.