प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य भारतले हटायो

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार १०:३४

काठमाडौं । प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय भारतले गरेको छ ।

भारतीय गृहमन्त्री अमित साहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको बताए ।

साह सामाजिक सञ्जाल एक्समा किसान हितलाई ध्यानमा राखी ३ महत्वपूर्ण निर्णय गरिएको बताएका छन् ।

सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने सरकारले बताएको छ ।

त्यसैगरी, भारत सरकारले बासमती चामलमा पनि न्यूनतम निर्यात मूल्य हटाउने निर्णय गरेको छ । जसले गर्दा बासमती चामलको उत्पादन गर्ने किसानलाई राहत मिल्ने छ ।

यस्तै, सरकारले काँचो पाम, सोया र सूर्यमुखी तेलको आयात कर १२.५ प्रतिशतबाट बढाएर ३२.५ प्रतिशत पु¥याएको छ भने यसका रिफाइन्ड तेलको कर १३.७५ प्रतिशतबाट बढाएर ३५.७५ प्रतिशत पुर्याइएको छ ।

भारत सरकारको उक्त निर्णय पनि अब नेपालमा प्याज र बासमती चामल आयातमा सहज हुने देखिएको छ । प्याज निर्यात सहज हुँदा मूल्य पनि सस्तो हुने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.