कोशीको सरकारलाई विश्वास दिन सकिँदैन : माओवादी केन्द्र

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १५:५८

विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने स्पष्ट पारेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले उनलाई विश्वासको मत नदिने उल्लेख गरेको हो । ‘भ्रष्टहरुद्वारा निर्मित सरकार हो यो । जनताद्धारा होइन, केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती ‘सुशील’ले भने, ‘भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिँदैन । त्यस कारण हाम्रो दलबाट सरकारले विश्वासको मत पाउँदैन । सरकारप्रति हाम्रो दललाई विश्वास छैन ।’

माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको उप्रेतीले बताए । ‘सुसासनका लागि बनेको भए हामी पनि सहयात्री हुनसक्थ्यौं, ‘उनले भने ,‘सरणार्थी प्रकरणको छानविन गर्ने प्रहरीलाई रातारात हटाइयो । राष्ट्रिय रुपमबाट स्थापित भ्रष्टाचारका फाइल गायब भइरहेका छन् । सरकारले आफ्नो गति देखाउन थालिसकेको छ ।’

सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई माओवादीले समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो यो सरकारको विघटन, अन्त्य र समाप्तिबाट मात्रै सुशासन अघि बढ्न सक्छ,’ उप्रेतील भने, ‘यो सरकारलाई हाम्रो समर्थन रहँदैन ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.