
काठमाडौं– दुर्गा प्रसाई भक्तपुरको ठिमीस्थित घरबाट पक्राउ परेका छन् । उनी बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक हुन् ।
गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो ।
उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका सुरक्षा गार्डले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको टोली घरमा भर्याङ लगाएर छिरेर पक्राउ गरेको हो । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि नियन्त्रणमा लिएको छ ।


















