
काठमाडौं । दसैंका लागि सफा तथा सुकिला नोट आजदेखि साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैँकका अनुसार यस वर्षको दसैंका लागि आजदेखि असोज २२ गतेसम्म सफा तथा सुकिला नोट साट्न पाइन्छ ।
बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सफा तथा सुकिला नोट साट्न पाइन्छ ।
राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूबाट पनि नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।


















