‘मुटु रोगबाट जोगिन परिश्रम, व्यायाम र खानपानमा ध्यान दिन आवश्यक’

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १३, आइतबार १७:४१

विराटनगर । स्वास्थ्य क्षेत्रका अगुवाहरुले मुटु रोगबाट जोगिन नियमित परिश्रम, व्यायाम र खानपानमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

यो रोग लाग्न नदिन दैनिक शारीरिक परिश्रम, व्यायाम र खानपानमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । साथै, नियमित रक्तचापको परीक्षण गर्नुपर्ने सुझाव उनीहरुको छ ।

धुमपान, मदिरा, गुलियो तथा चिल्लो पदार्थको त्याग र नुनको मात्रा कम प्रयोग गरेमा मुटु रोगबाट बच्न सकिने अगुवाहरु बताउँछन् ‘काम गरौं, मुटु बचाऔं’ नाराका साथ विश्व मुटु दिवस–२०८१ को उपलक्ष्यमा विराटनगरमा आइतबार प्रभातफेरीको आयोजना गरिएको थियो ।

ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पताल परिसरबाट निस्किएको प्रभातफेरी हस्पिटल चोक, कालिमन्दिर चोक, जैनमन्दिर चोक, डीएसपी रोड, गोल्छा मोड, डाँफे चोक, सहिद रंगशाला हुँदै पुनः अस्पतालमै पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि उद्योगका प्रतिनिधि, औषधि बिक्री प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य सेवामा आवद्धहरुको सहभागिता रहेको थियो ।

त्यो अवसरमा वरिष्ठ फिजिसियन डा.दीपक सिग्देल, डा. उत्तर मैनाली, डा. लक्ष्मीनारायण यादव, ग्लेनमार्कका निरजकुमार कर्ण र अन्जेस साहले मुटु रोगबाट हुने मृत्युलाई न्यूनीकरण गर्न हरिया सागसब्जी, दैनिक व्यायाम र समय–समयमा चिकित्सकसँग परामर्श एवं चेकजाँच गर्नुपर्ने बताए ।

नागरिकहरुमा जनचेतना जगाउन विश्व मुटु दिवस मनाउने गरिएको उनीहरुको भनाइ छ । नेपाल सरकारले मुट रोग लागेका दीर्घरोगीलाई १ एक लाख बराबरको उपचार सेवा निःशुल्क गरेको छ । ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×